त्रिनगरमा एसईई आइडलको एक्काइसौं अडिसन सम्पन्न

धनगढी । प्रदेशस्तरीय नृत्य तथा गायन प्रतियोगिता एसईई आइडल चौथो संस्करण अन्तर्गत एक्काइसौं अडिसन धनगढीको त्रिनगर मा।वि।मा सम्पन्न भएको छ।

उक्त अडिसनमा गायनतर्फ ७ जना र नृत्यतर्फ २ जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा विद्यालयका सहायक प्राचार्य हेमराज जोशीले विद्यार्थीका प्रतिभालाई सम्मान गर्नुपर्ने बताए। त्यस्तै, मा.वि. ईन्चार्ज तीर्थराज फुलाराले यस्ता प्रतियोगिताले विद्यार्थीलाई नयाँ अवसर प्रदान गर्ने उल्लेख गरे।

प्रतियोगितामा सहभागी प्रतिस्पर्धीलाई कक्षा ११/१२ इन्चार्ज डम्मर गडसिला, संयोजक तेजेन्द्र चलाउने, र नि.मा.वि. इन्चार्ज लक्ष्मी पाण्डेयले छात्रवृत्ति कुपन वितरण गरेका थिए।

एसईई आइडल चौथो संस्करण अन्तर्गत सुदूरपश्चिमका ९ जिल्लाका ३० भन्दा बढी स्थानमा अडिसन आयोजना गरिनेछ। साउनदेखि फागुनसम्म हुने अडिसनबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धी सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलबाट १५-१५ जना प्रतिस्पर्धी फाइनलका लागि छनोट हुनेछन्।

फाइनल २०८२ असार १ गते हुनेछ, जहाँ नृत्य र गायन विधाका १-१ विजेता र उपविजेता घोषणा गरिनेछ। विजेताले रु. ७५ हजार, उपविजेताले रु. ३० हजार नगदसहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन्। उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धीलाई आंशिक छात्रवृत्ति प्रदान गरिनेछ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै