प्रेमनिधी ओझा चैतन्य पाठशालाको  प्राचार्य नियुक्त

धनगढी – शिक्षा र संस्कारको संगम चैतन्य पाठशालाले नयाँ नेतृत्व पाएको छ। करिब ३७ वर्षदेखि शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै आएका प्रेमनिधी ओझा पाठशालाको प्राचार्यमा नियुक्त भएका छन्।

आज बिहान वैदिक विधि-विधान अनुसार आयोजित औपचारिक कार्यक्रममा ओझालाई पाठशालाको प्राचार्यको जिम्मेवारी सुम्पिएको हो। नव नियुक्त प्राचार्य ओझाले चैतन्य पाठशालाको शिक्षा प्रणाली उत्कृष्ट रहेको बताउँदै आगामी दिनमा गुणस्तरीय शिक्षा प्रवर्द्धनलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए।

ओझा धनगढीको प्रतिष्ठित ऐश्वर्या स्कुलका पूर्व प्राचार्यसमेत हुन्। पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले चैतन्य पाठशालाले किताबी ज्ञान मात्र नभई जीवन निर्माणको शिक्षा प्रदान गर्ने उल्लेख गर्दै नयाँ नेतृत्वले संस्थाको लक्ष्य प्राप्तिमा थप मजबुत योगदान दिने विश्वास व्यक्त गरे।

स्थापनाकालदेखि नै सुदूरपश्चिममा नौलो पहिचान बनाउन सफल चैतन्य पाठशालाले व्यावहारिक र जीवनोपयोगी सीपमूलक शिक्षामा विशेष जोड दिँदै आएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै