टिम ११ संस्कार क्रिकेट लिग २०८१ : विजेतालाई १ लाख ११ हजार नगदसहित भव्य पुरस्कार

धनगढी । गोदावरी नगरपालिका ८, स्याउले बजारमा टिम ११ संस्कार क्रिकेट लिग २०८१ आयोजना हुने भएको छ। लिटल फ्लावर प्रीमियर लिगलाई निरन्तर आठ वर्षसम्म सफलतापूर्वक सञ्चालन गरेको आयोजक टोलीले यस वर्षदेखि टिम ११ को मुख्य प्रायोजनमा संस्कार विद्याश्रम मोंटेश्वरी स्कूल को संयोजनमा भव्य क्रिकेट प्रतियोगिता गर्न लागेको हो।

प्रतियोगिता आगामी २०७८ चैत ३० गतेदेखि १० दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा १२ टिम सहभागी हुनेछन्, जसका लागि प्रति टिम दर्ता शुल्क १२ हजार रुपैयाँ तोकिएको छ।प्रतियोगिताका विजेताले एक लाख एघार हजार एक सय एघार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले रु ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्नेछन्।

व्यक्तिगत उत्कृष्टता प्रदर्शन गर्ने खेलाडीहरूका लागि समेत आकर्षक पुरस्कारहरू तोकिएको छ । सर्वोत्कृष्ट खेलाडीलाई रु ५,५५५ ,उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, उदयीमान खेलाडीलाई जनही रु ३,५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।प्रत्येक खेलको म्यान अफ द म्याच जित्ने खेलाडीलाई एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
त्यसैगरि प्लेयर अफ द फाइनललाई दुई हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

सुदूरपश्चिम प्रदेशको प्रस्तावित राजधानी गोदावरी नगरपालिकालाई खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकको भनाई छ । कुल १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई विभिन्न संघसंस्थाहरूले साथ दिएका छन्।प्रतियोगिताको मुख्य प्रायोजकमा टिम ११, काठमाडौं रहेको छ ।

 

 

 

 

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै