धनगढी । लिटल फ्लावर बो. हाई स्कुलको ३४औं वार्षिकोत्सव समारोह सोमबार भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक विवेक भट्टको अध्यक्षता तथा सुप प्रज्ञा प्रतिष्ठानका उपकुलपति टि.एन. जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, गीत तथा विज्ञान प्रदर्शनी प्रस्तुत गरेका थिए।
समारोहमा शैक्षिक उपलब्धि र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष पुरस्कार प्रदान गरिएको थियो। साथै, विद्यालयका उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरिएको छ। “वर्ष शिक्षक” उपाधिबाट जीत तामाङलाई सम्मान गरिएको छ भने “दीर्घ सेवा पदक” कार्यालय सहायक कल्पना नागरीलाई प्रदान गरिएको छ। यसैगरी, वार्षिकोत्सव तयारी समितिका संयोजक भीम शाहलाई विशेष सम्मान गरिएको छ।
कार्यक्रममा शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। विद्यालय परिवारले वार्षिकोत्सवलाई प्रेरणादायी बनाउँदै आगामी वर्षहरूमा अझ शैक्षिक र सिर्जनात्मक गतिविधिहरूलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।