
धनगढी । धनगढी उपमहानगरपालिकाको शैक्षिक सुधार कोष द्वारा ग्रामीण क्षेत्रका पाँच विद्यालयका छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरिने भएको छ । विद्यालयले गत शैक्षिक शत्र २०८० देखि नमुना विद्यालयको रुपमा अगाडी बढाएका ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयमा अध्ययनरत छात्राहरुलाई विभिन्न शैक्षिक सामाग्री वितरण गरिने जनाइएको छ ।
जसअन्र्तगत श्री भवानी माध्यमिक विद्यालय (धनगढी-९), श्री सिद्धनाथ माध्यमिक विद्यालय (धनगढी-१२), श्री चन्द्रोदय माध्यमिक विद्यालय (धनगढी-१८), बेहडा बाबा माध्यमिक विद्यालय (धनगढी-१६), र श्री ठेकराज माध्यमिक विद्यालय (धनगढी-११) का छात्राहरूलाई कमीज, पाइन्ट, स्वेटर, ट्रयाकसुट, टी-शर्ट, दुई जोर कालो र सेतो जुत्ता, दुई जोर नीलो र सेतो मोजा तथा झोला वितरण गरिने भएको छ ।
नगर प्रमुख शैक्षिक सुधार कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट रू। ५९,४०,७५०र( संकलन गरिएको थियो। यस कोषमार्फत नमुना विद्यालय निर्माण तथा विद्यार्थीहरूको शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको छ।