राईजिङ्ग स्टार ईङ्लिस बोडिङ्ग स्कुलको ७ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

धनगढी, फागुन १६ – धनगढीमा रहेको राईजिङ्ग स्टार ईङ्लिस बोडिङ्ग स्कुलले आफ्नो ७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

शुक्रबार विद्यालयका अध्यक्ष कलेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभासद धर्मराज पाठक रहेका थिए। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरे भने शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरियो।

२०७५ सालमा १७ विद्यार्थी र ४ शिक्षक-कर्मचारीबाट सुरु भएको विद्यालयमा हाल ५२२ विद्यार्थी र ३२ शिक्षक-कर्मचारी कार्यरत छन्। विद्यालयका भाइस प्रिन्सिपल हरिश चन्द्र शाहीले संस्कारयुक्त शिक्षाको महत्त्व औंल्याउँदै अभिभावकलाई शिक्षामा गरेको लगानीको प्रतिफल समयमै प्राप्त हुने प्रतिबद्धता जनाए।

विद्यालयले जलवायु मैत्री कार्यक्रम, हस्तलेखन सप्ताह, सांस्कृतिक मिनी मेला, लागुपदार्थ नियन्त्रणमा विद्यार्थी भूमिकासम्बन्धी प्रतियोगिता, र विद्यालयस्तरीय वक्तृत्वकलामा सफलता हासिल गरेको छ। यसैगरी, सरसफाइ जनचेतना अभियानमार्फत धनगढी उपमहानगरपालिकाबाट नगद ५ लाख रुपैयाँसहित ट्रफी सम्मान प्राप्त गरेको थियो।

आगामी दिनमा प्रविधिमैत्री शिक्षा, व्यवस्थित मोंटेस्वरी सञ्चालन, प्लेस्टेशन स्थापना, अन्डर एट टुर्नामेन्ट तथा सुविधासम्पन्न विद्यालय भवन निर्माण गर्ने योजनाबारे भाइस प्रिन्सिपल शाहीले जानकारी दिए।

कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष टीएन जोशी, दृश्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्ट, कैलाली बहुमुखी क्याम्पसका सह-प्रधानाध्यापक शिताराम भट्टसहित विद्यार्थी, अभिभावक, पत्रकार र विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै