पुल्चोक क्याम्पस एफएसयू निर्वाचनमा धनगढीका दीपक जोशीको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । पुल्चोक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (एफएसयू) निर्वाचनमा धनगढीका इन्जिनियर दीपक जोशी कान्छाले स्वतन्त्र अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

स्नातकोत्तर तहमा संरचनात्मक इन्जिनियरिङ अध्ययन गरिरहेका जोशीले परम्परागत विद्यार्थी राजनीतिलाई चुनौती दिँदै स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।

जोशी यसअघि २०७९ साल बैशाखमा इन्जिनियरिङ विद्यार्थी समाजको अध्यक्ष पदका लागि स्वतन्त्र रूपमा प्रतिस्पर्धामा उत्रिएका थिए। सो निर्वाचनमा उनले बराबर मत प्राप्त गरे पनि गोला प्रथाबाट पराजित भएका थिए।

यस पटकको एफएसयू निर्वाचनमा उनले क्याम्पसको विद्यार्थी नेतृत्वलाई नयाँ दृष्टिकोण दिने दाबी गरेका छन्। आफ्ना लक्ष्य र योजनाहरू चाँडै सार्वजनिक गर्ने तयारीमा रहेका जोशीले स्वतन्त्र उम्मेदवारीमार्फत विद्यार्थी राजनीतिमा नयाँ विकल्प दिन चाहेको बताएका छन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै