एक्सिस विद्याश्रममा ‘उनको आवाज, उनको शक्ति’ विषयक प्यानल डिस्कसन सम्पन्न

धनगढी । एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले ‘उनको आवाज, उनको शक्तिले भोलिलाई सँगै आकार दिनेछ’ नाराका साथ प्यानल डिस्कसन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

मंगलवार आयोजित कार्यक्रममा राजनीति, शिक्षा, वित्त तथा उद्यमशीलता क्षेत्रका महिलाहरूको सहभागिता रहेको थियो। धनगढी उपमहानगरपालिकाकी पूर्व उपमेयर सुशीला मिश्रा भट्ट, समाजशास्त्री सहप्राध्यापक पुनम पन्त, एनएमबी बैंककी शाखा प्रबन्धक नन्द भण्डारी, फेसन उद्यमी पुनम खड्कालगायतले विद्यार्थीहरूलाई नेतृत्व, संघर्ष र सफलताका विविध पक्षमा अन्तर्दृष्टि प्रदान गरे।

कार्यक्रमका सहजकर्ताहरू अपेक्षा सावद, पूर्णिमा भट्ट, आरोही शाह र जानकी भट्ट थिए। छलफलका क्रममा विद्यार्थीहरूले प्रेरणादायी महिलाहरूसँग अनुभव साटासाट गर्दै समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विषयमा बहस गरेका थिए।

विद्यालयका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूलाई नेतृत्व विकास र सफलता प्राप्तिका लागि आवश्यक ज्ञान तथा प्रेरणा प्रदान गरेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै