
धनगढी । चैत्र १ गते धनगढी १९ फुलवारी स्थीत मोहना नदिमा डुबेर मृत्यु भएका दिनेश ओझा र आश्रीत बोहराको चिरशान्तीको कामना गर्दै सुर्मादेवि युवा क्लवले दिप प्रज्वलन कार्यक्रम गरेको छ । सुर्मादेवि युवा क्लवको खेलमैदानमा फुटबल प्रशिक्षण गर्दै आएका दुवै जनाको मृत आत्माको चिरशान्ती र स्वर्गबास होस् भन्दै दिप प्रज्वलन गरिएको अध्यक्ष राजेन्द्र स्नेहीले बताए ।
अत्यन्तै लगनशील ,मिहेनती खेलाडीको अल्पायु मै भएको असामायीक निधनले अत्यन्तै दुखित बनाएको भन्दै अध्यक्ष स्नेहीले फुलवारीले ठूलो भविष्य बोकेका दुई युवा गुमाएको बताए । उनीहरुको चैत्र १ गते मोहना नदिमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।