चैतन्य पाठशालाको मूख्य प्रायोजनमा धनगढीमा बैशाख १ गते हुने हाफ म्याराथन विजेतालाई ७५ हजार पुरस्कार

धनगढी, वैशाख १ – “अब धनगढी दौडिन्छ” भन्ने नाराका साथ एघारौं संस्करणको धनगढी हाफ म्याराथन नयाँ वर्ष २०८२ को वैशाख १ गते आयोजना हुने भएको छ। धनगढी जेसिजको आयोजनामा हरेक वर्ष जस्तै यसपटक पनि यो म्याराथन प्रतियोगिता भव्य रुपमा सम्पन्न हुने तयारी गरिएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक चैतन्य पाठशाला रहेको छ, जसले प्रथम पुरस्कार तथा १,००० टिसर्ट प्रदान गर्नेछ। मुख्य प्रवद्र्धकको रुपमा जेसिज एभरेष्ट ईङलिस स्कुल रहेको छ।

म्याराथन विजेताले नगद ७५ हजार रुपैयाँ, उपविजेताले ५० हजार र तेस्रो स्थान हासिल गर्नेले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दौड धनगढी चौराहाबाट सुरु भएर गेटा मेडिकल कलेजस्थित मनेहरा पुल मोड हुँदै मिलनचोक पुगेर पुनः चौराहामै आएर समाप्त हुनेछ।

साथै, महिलातर्फ तथा कर्पोरेट र सञ्चार क्षेत्रका लागि ५ किलोमिटर दूरीको छुट्टै दौड पनि आयोजना गरिने छ। दुवै विधाका विजेताले क्रमशः ७,५००, ५,००० र २,५०० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

विभिन्न स्थानहरूबाट फारम वितरण भइसकेकोले सहभागिताका लागि इच्छुक सबैलाई आयोजक धनगढी जेसिजले हार्दिक अपिल गरेको छ।
धनगढी जेसिजले सन् २०१४ देखि नै नयाँ वर्षको अवसरमा यो प्रतियोगिता गर्दै आएको छ, जुन धनगढीको समग्र विकास र खेल संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्‍याउँदै आएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै