धनगढी, कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले अब शनिवार बाहेकका सबै सार्वजनिक बिदामा पनि सेवा प्रदान गर्ने निर्णय गरेको छ। नागरिक सुविधा अभिवृद्धि गर्ने उद्देश्यले वैशाख १ गतेदेखि लागु हुने गरी नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा नियमितरूपमा उपलब्ध हुने जानकारी दिएको हो।
प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा जारी सूचनामा बुद्ध जयन्ती, गणतन्त्र दिवस, पृथ्वी जयन्ती, घटस्थापना, उँधौली पर्व, क्रिसमस डे, तमु ल्होसार, माघे सङ्क्रान्ति, सोनम ल्होछार, सहिद दिवस, महाशिवरात्रि, ग्याल्पो ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, इद, बकर इदलगायतका सार्वजनिक बिदामा पनि कार्यालयले सेवा दिने उल्लेख छ।
यस निर्णयसँगै सेवा लिन आउने नागरिकहरूले सार्वजनिक बिदाको दिन पनि आवश्यक सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
📌 सेवा उपलब्ध हुने बिदाका दिनहरू:
-
बुद्ध जयन्ती
-
गणतन्त्र दिवस
-
पृथ्वी जयन्ती
-
घटस्थापना
-
उँधौली पर्व
-
क्रिसमस डे
-
तमु ल्होसार
-
माघे सङ्क्रान्ति
-
सोनम ल्होछार
-
सहिद दिवस
-
महाशिवरात्रि
-
ग्याल्पो ल्होसार
-
राष्ट्रिय प्रजातन्त्र दिवस
-
अन्तर्राष्ट्रिय महिला दिवस
-
इद
-
बकर इद
जनसरोकारका सेवा अब अझ सहज हुने आशा गरिएको छ।