धनगढीको ‘सिड्लिङ जोन मन्टेश्वरी स्कुल’ थप पूर्वाधार र योजनासहित पुनः सशक्त सञ्चालनमा

धनगढी, चैत २९ – धनगढी उपमहानगरपालिका–२ स्थित कृष्ण नगरटोलमा रहेको ‘सिड्लिङ जोन मन्टेश्वरी स्कुल’ थप व्यवस्थापनसहित पुनः सञ्चालनमा आएको छ। शान्त र बालमैत्री वातावरणमा प्रविधिमैत्री शिक्षण प्रविधिको प्रयोग गर्दै स्कुलले नियमित शैक्षिक सेवा सुरु गरेको हो।

२०७० सालमा स्थापना भएको यो स्कुल हाल अनुभवी तथा दक्ष शिक्षक–शिक्षिकाको नयाँ समुहको साथमा पुनः सुदृढ रूपले सञ्चालनमा ल्याइएको छ। स्कुलका संस्थापक तथा अध्यक्ष उदय प्रताप सिंहका अनुसार स्कुलले बालबालिकामा लुकेको प्रतिभा पहिचान गर्दै जीवन उपयोगी शिक्षाको माध्यमबाट समुन्नत भविष्य निर्माणमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

चार दशकदेखि शिक्षाको क्षेत्रमा सक्रिय अध्यक्ष सिंहले वर्तमान समय अनुसार बालबालिकालाई केवल शैक्षिक प्रमाणपत्रमा सीमित नराखी प्राविधिक ज्ञान र व्यवहारिक सीप प्रदान गर्नुपर्ने आवश्यकता औंल्याए। निकट भविष्यमा स्कुलमा प्राविधिक शिक्षालाई समेत समावेश गरी अझ व्यवस्थित बनाउने योजना रहेको पनि उनले बताए।

हाल स्कुलमा पिजी, नर्सरी, एलकेजी, युकेजी र कक्षा १ सम्म पढाइ भइरहेको छ भने आगामी शैक्षिक सत्रदेखि कक्षा २ सञ्चालन गर्ने तयारी गरिएको छ। पाँच जना संस्थापक सञ्चालक समिति, सात जना शिक्षक–शिक्षिका, तीन जना आया तथा अन्य कर्मचारीसहित स्कुलमा हाल ७५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

विद्यार्थीको सिकाइ सहज र प्रभावकारी बनाउन स्कुलमा प्रविधिमैत्री कक्षा कोठा, कम्युटर, ल्याब, खेलकुद सामग्री, ग्राउण्ड, बस सेवा, सुरक्षित खानेपानी, एसीयुक्त कोठा, सीसीटीभी, क्यान्टिन र भान्सा कोठा लगायत सुविधा उपलब्ध गराइएको छ।

अध्यक्ष सिंहका अनुसार कतिपय अभिभावकले आफ्ना छोराछोरीको राम्रोसँग हेरचाह गर्न नसक्ने अवस्थामा पनि स्कुलले विद्यार्थीका लागि आवश्यक व्यवस्थाहरु सुनिश्चित गरेको छ। उनले स्कुलले निश्चल अनुशासन र संस्कारसँगै अभिभावकहरूसँग समन्वय गरी विद्यार्थीको रुचिअनुसार सिकाइ प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए।

सिड्लिङ जोन मन्टेश्वरी स्कुलले बाल शिक्षाको क्षेत्रमा फरक पहिचान बनाउन अग्रसर प्रयास जारी राखेको जनाएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै