एरिष्टो इ हाई स्कुलको नयाँ घोषणा : समाज निर्माण हातेमालो कार्यक्रमअन्तर्गत ९ प्रकारका छात्रवृत्तिसहित सेवा विस्तार

धनगढी – सुदूरपश्चिम क्षेत्रका अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गर्दै एरिष्टो इ हाई स्कुल, धनगढीले नयाँ शैक्षिक सत्र २०८२ बाट ‘समाज निर्माण हातेमालो कार्यक्रम’ अन्तर्गत सेवा विस्तारको घोषणा गरेको छ। नयाँ भवनमा कक्षा ११/१२   सुरु भएसँगै विद्यालयले विविध छात्रवृत्ति योजनाहरु सार्वजनिक गरेको हो।

विद्यालयले सिक्दै कमाउँदै कार्यक्रम (Learning with Earning) लगायत ९ प्रकारका छात्रवृत्तिहरु उपलब्ध गराउने जनाएको छ। तीमध्ये कक्षा १० उत्तीर्ण विद्यार्थीका लागि सम्बन्धित विद्यालयका प्राचार्यको सिफारिसमा कक्षा ११/१२ मा पूर्ण छात्रवृत्तिको व्यवस्था, राष्ट्रसेवक प्रहरीका बालबालिकालाई, पत्रकारका सन्तानलाई, दुर्गम पहाडी जिल्लाबाट धनगढी पढ्न आएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई समेत छात्रवृत्ति उपलब्ध गराइनेछ। साथै, एकल महिलाका सन्तान, विद्यालयका कर्मचारीका सन्तान लगायतलाई समेत पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ।

विद्यालयले आन्तरिक सेवा-सुविधा अन्तर्गत शिक्षक-शिक्षिकालाई दसैं भत्ता सहितको सरकारी तलब, ५ लाख बराबरको जीवन बीमा, पोसाक तथा परीक्षा भत्ता, TA/DA, चिया नास्ता, र आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने जनाएको छ।

विद्यालय परिवारले प्रचार-प्रसारमा कमीका कारण यस्ता उत्कृष्ट कार्यक्रमहरु समाजमा समयमै जानकारी गराउन नसकेको भन्दै आगामी दिनमा सम्बन्ध झनै बलियो बनाउने प्रतिवद्धता जनाएको छ।

विद्यालयको यो कदमले सुदूरपश्चिमका सामाजिक, शैक्षिक र आर्थिक रुपान्तरणमा थप सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै