
फूलवारी । फूलवारी क्याम्पसको १५औं वार्षिकोत्सव तथा विशेष क्याम्पस सभा भव्य रूपमा सम्पन्न भएको छ। आइतवार धनगढी उपमहानगरपालिका वडा नम्बर १८ ई गाउँमा रहेको फूलवारी बहुमूखी क्याम्पसको बार्षिकोत्सव कार्यक्रमको प्रमुख आतिथ्य सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए ।
कार्यक्रमले शैक्षिक उन्नयन, नेतृत्व विकास र क्याम्पसको समग्र प्रगतिमा महत्वपूर्ण छलफल गर्दै आगामी योजनाहरुमा मार्गनिर्देशन प्रदान गरेको छ।
कार्यक्रमलाई सव्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण मनहरूप्रति क्याम्पस प्रशासनले हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै कार्यक्रममा क्याम्पसका पुर्व शिक्षक,पुर्व विद्यार्थी लगायत क्याम्पसको विकासमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
त्यसैगरी, नयाँ वर्ष २०८२ को पावन अवसरमा क्याम्पस सभा सदस्यज्यूहरू, सञ्चालक समिति, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पूर्व विद्यार्थी, शुभचिन्तक तथा देश–विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूलाई सुख, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ।