श्रीपेच होटेल म्यानेजमेण्ट कलेजका विद्यार्थीद्वारा अभिभावकको सम्मानमा भव्य भोजन कार्यक्रम

धनगढी । श्रीपेच होटेल म्यानेजमेण्ट कलेज, धनगढीमा अध्ययनरत एम्जी २०२४ ब्याचका विद्यार्थीहरूले आफ्ना अभिभावकहरूको सम्मानमा भव्य एक्जिक्युटिभ लन्च कार्यक्रम आयोजना गरेका छन्।

विद्यार्थीहरूले अध्ययनको क्रममा आर्जन गरेका ज्ञान र सीपको प्रयोग गर्दै आफैंले तयार पारेका विविध परिकारहरू मार्फत अभिभावकलाई सम्मान गरेका थिए। कलेजको सहयोगमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिक्षा प्राप्तिका क्रममा विद्यार्थीहरूले आफैं पकाएका व्यंजन आफ्ना अभिभावकलाई सेवा गर्न पाउँदा अत्यन्तै हर्षित र गर्वित देखिएका थिए।

श्रीपेच होटेल म्यानेजमेण्ट कलेजले विगत ३ वर्षदेखि अभिभावक, विद्यार्थी र विशिष्ट अतिथिहरूको सहभागितामा यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ, जसले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसँगै आपसी सम्बन्ध मजबुत बनाउन सहयोग पुर्‍याएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै