
काठमाडौं। रचना रिमाल र सागर जोशीको स्वर रहेको गीत “बाडुल्की” सार्वजनिक भएको छ । हिमान्सु रायमाझी गोधुलीले शब्द रचना गरेको गीतमा कृष्ण पाण्डे कृषको संगीत रहेको छ भने संगीत सम्योजन रुबिन मगरले गरेका छन ।
उत्तम श्रेष्ठ शिशिरको निर्देशनमा बनेको म्युजिक भिडियोमा कोरियोग्राफीको जिम्मा राहुल बराईली ले सम्हालेका छन । समारिका ढकाल संग विकास सुबेदीको डेब्यु अभिनय रहेको भिडियो मुकेश हुमागाईले खिचेका छन । बिनोद बमले सम्पादन गरेको भिडियोमा शृङ्गारको जिम्मा कविता टोलाङीले लिएकी थिइन ।