लाखौँ रकम असुली गरी सयौं ठगी गरेको आरोपमा श्रीमान-श्रीमती पक्राउ

काठमाडौं। जग्गा किनबेच र सुन धितो चोरी लगाएत सयौंलाई ठगी गरी लाखौँ रकम असुली गरेको आरोपमा श्रीमान-श्रीमती पक्राउ परेका छन् ।


पक्राउ पर्ने झापा जिल्ला भद्रपुर नगरपालिका वार्ड नं ९ स्थाई घर भएका हाल काठमाडौं संखमुलमा सुन-चाँदी व्यापार गर्दै आएका ४० वर्षका सन्जिब कुमार विश्वकर्माले ठगि गरेको आरोपमा १०/१५ जना पीडित प्रहरिमा पुगेको थियो ।

महेन्द्र बहादुर श्रेष्ठको जाहेरीको आधारमा र बैंकिङ कसुरमा अमन लामाको जाहेरीमा २० लाख जरिवाना र १ महिना कैद फैसला गरेको झापा जिल्ला म.न.पा साबिक १५ वडा स्थाइ घर भएका ३९वर्षिय मोनिका विश्वकर्मालाई प्रहरी बृत जनसेवाबाट खटिइ गएको टोलिले पक्राउ गरेको हो ।

अदालतले अभियुक्त मोनिका विश्वकर्मालाई केन्द्रिय कारागार सुन्धारा चलान गरिएको छ भने सन्जिब कुमार विश्वकर्मालाई भोलि अदालतमा उपस्तिथि गराउने बताए। निज दुई जना श्रीमान श्रीमति रहेको खुल्न आएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै