सञ्चारकर्मी तथा गायक कृष्ण पाण्डेको ‘माया यस्तै हुँदो रैछ’ सार्वजनिक

काठमाडौं। धोका दिएर बाटो मोडेकी मायालुको सम्झनाको कथामा तयार पारिएको गायक कृष्ण पाण्डेको ‘माया यस्तै हुँदो रैछ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेम वियोगको भावलाई समेटेर गायक पाण्डेले तयार पारेको भिडियोमा पाण्डे स्वयं फिचर्ड छन् । भिडियोको छायांकन तथा निर्देशन संचारकर्मी आशिष नेपालले गरेका हुन् ।

हस्त गौतमको शब्द सृजना, मनोज चौलागाईँको संगीत तथा एरेन्जमा तयार पारिएको गीतमा प्रकाश मिश्रको मिक्सिङ तथा मास्टरिङ छ भने सम्पादन तथा कलर करेक्सन गायक पाण्डेकै रहेको छ । क्लासिकल संगीतका विद्यार्थीसमेत रहेका पाण्डेले यसअघि आधा दर्जनभन्दा बढी गीत गाईसकेका छन् ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै