फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को छायांकन सुरु : नायक किशोर खतिवडा

काठमाडौं। फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को छायांकन सुरु भएको छ । चितवनको रत्ननगरस्थित हरिहर मन्दिरमा पूजा गर्दै आइतबारदेखि फिल्मको छायांकन सुरु गरिएको हो । यो फिल्म नेपालीहरू अस्ट्रेलिया गएर उतै बस्ने प्रवृत्तिमा आधारित कथा बन्न लागेको हो । यसमा नायक किशोर खतिवडा, प्रविण आचार्य, नायिका अंकिता भुर्तेल र बालकलाकार अक्सा कोइराला लगायतको अभिनय रहनेछ ।

२५ दिनमा सक्ने गरी निर्माण पक्ष छायांकनमा निस्किएको हो । चितवनका विभिन्न रमणीय स्थानहरूमा छायांकन हुने निर्माण पक्षले बताएको छ । फिल्मका निर्देशक रेहान मिया हुन् । करुणा फिल्मस् तथा म्याङ्गो प्लेजर प्रालिको ब्यानरमा बन्न लागेको हो । कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेका छन् भने उमेश अधिकारी (आर्य) सह–निर्माता छन् । फिल्म आगामी तिहारमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै