नेपालबाट पहिलो चोटी अमेरिकाको रिङमा जुरेली

काठमाडौं – पहिलो पटक नेपालबाट महिला रेस्लर अस्मिता जुरेली अमेरिकाको रिङमा रेस्लिङ खेलेका छन् ।

द लभ पिपुल च्यारिटिले आयोजना गरेको खेलमा जुरेली र Love Alive Women Champion Carmen बीच भएको मैत्रीपूर्ण प्रतिस्पर्धामा जुरेली बिजयी भइन् ।

जुरेलीले अमेरिकामा भएको रेस्लिङ खेलमा नेपालको तर्फबाट पहिलोपटक महिला सहभागिता जनाएकी हुन्।

त्यसो त अस्मिता मोडलिङ पृष्ठभूमिबाट उदाएकी हुन्। एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा उनले अभिनय गरिसकेका छन् ।

नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) सँग उनको भेट भयो तब बाटो बदलियो। अनि, भरतबहादुर विसुराल (हिमालयन टाइगर) सँग रेस्लिङ–कला सिकिन् र, अस्मिताबाट ‘जुरेली’ बनिन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै