
धनगढी । भारताल साझेदारी वन उपभोक्ता समुहको अध्यक्षमा यादव प्रसाद भण्डारी सर्वसम्मत चयन भएका छन् । आइतवार धनगढी १४ दोर्जे टाँसी छोलिग गुम्बा हलमा भएको बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले यादव प्रसाद भण्डारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अध्यक्ष पदका लागि भण्डारी सहित ७ जनाले आकांक्षा व्यक्त गरेकोमा अन्य ६ जनाले भण्डारीलाई समर्थन गरेका थिए ।
१७ सदस्यीय कार्यसमिति उपाध्यक्ष चयन गर्न बाँकी रहेको छ । भने सदस्यहरुमा धनगढी वडा नम्बर ७ बाट यमुना भट्ट जोशी,धनगढी ८ बाट मोहन राज ओझा,वडा नम्बर ९ बाट धु्रव कडायत,वडा नम्बर १० बाट केवल राना,वडा नम्बर १२ बाट जानकी देवी रोकाया,वडा नम्बर १५ बाट खेम बहादुर चन्द,वडा नम्बर १६ बाट दिपेन्द्र घर्तिमगर,वडा नम्बर १८ बाट टंक बास्कोटा,वडा नम्बर १६ बाट अक्कल भण्डारी,वडा नम्बर १९ बाट प्रकाश रानाभाट ,कैलारी ६ बाट छत्र शाही र कैलारी ९ बाट राम समझ चौधरी निर्विरोध चयन भएका छन् । त्यसैगरि जनप्रतिनिधिबाट बिष्णु जोशी चयन भएका छन् ।
राधा मिश्रको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति,बलि चरण चौधरीको संयोजकत्वमा अनुगमन उपसमिति र निर्मल चौधरीको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ ।