निलम्बित इन्सपेक्टर विनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । ३० लाख आर्थिक लेनदेनको आरोपमा निलम्बित प्रहरी निरीक्षक विनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। शाहीसहितको टिमले एक व्यक्तिलाई बलात्कार मुद्दामा फसाउने धम्की दिएर रकम असुलेको आरोप लागेको थियो। घटनाको छानबिन गर्न ललितपुर जिल्ला प्रहरी परिसरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको थियो, जसको प्रतिवेदनका आधारमा शाहीमाथि कारबाही अघि बढाइएको हो।

उक्त प्रकरणमा संलग्न रहेको आरोपमा एक सहायक प्रहरी हवल्दारसहित चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। तर, शाही फरार रहेकी छन्, र उनको खोजी भइरहेको छ। प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगै उनलाई पक्राउ गर्न प्रयास गरिरहेको बताइएको छ।

विनुकुमारी शाही यसअघि पनि विभिन्न विवादमा मुछिँदै आएकी थिइन्। यो पछिल्लो घटनाले उनको क्रियाकलापमा थप प्रश्न उठाएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै