४२ जना पाकिस्तानी खेलाडीले दिए एनपीएलका लागि नाम

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा टेस्ट राष्ट्रहरुको समेत ध्यानाकर्षण भएको छ । ती राष्ट्रहरुका थुप्रै खेलाडीले एजेन्टमार्फत आफ्नो नाम क्यानमा पठाएका छन् ।

क्यानमा सबैभन्दा बढी नाम पाकिस्तानबाट आएको छ । एनपीएलमा उपलब्ध हुनसक्ने भनेर एजेन्टहरुबाट ४२ जना पाकिस्तानी खेलाडीको नाम आएको स्रोतले जानकारी दियो । पाकिस्तानी खेलाडीहरुमा राष्ट्रिय टीमबाट खेलिसकेका र खेलिरहेका थुप्रै नामहरु छन् । पाकिस्तानका हुसैन तलातलाई एनपीएलको फ्रेन्चाइज कर्णाली एक्सले अनुबन्ध गरिसकेको छ । अन्य खेलाडीहरु बिकेका छैनन् ।

एनपीएलका लागि उपलब्ध पाकिस्तानी खेलाडीमा हाल राष्ट्रिय टीमका ओपनर अब्दुल्ला सफिक र सइम अयुबसमेत छन् । यस्तै पाकिस्तानका चर्चित क्रिकेटरहरु सरफराज अहमद, मोहम्मद ह्यारिस, सोहैल तनभीर, सर्जिल खान, मोहम्मद हाफिज, वाहव रियाज, यासिर साह, मोहम्मद इरफानलगायत छन् ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै