सत्तारुढ दल नै सडकमा, दरबारमार्ग आसपासमा ट्राफिक जाम

काठमाडौं । सत्तारुढ दल एमालेले गर्ने सडक प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित बन्न पुगेको छ । कार्यालय समयमा घरबाट निस्किएका काठमाडौंवासी जामको सास्तिमा परेका छन् ।

एमालेले आज दरबारमार्गमा जनप्रदर्शन गर्दैछ । पार्टीले विरोधिहरुलाई आफ्नो ताकत देखाउन आयोजना गरेको यो प्रदर्शनलाई तटस्थ विश्लेषकहरुले भने बेतुकको ठानेका छन् । सत्तारुढ दलले नै आवागमन प्रभावित हुने गरी सडकमा कार्यकर्ता उतार्नुको कुनै औचित्य नरहेको उनीहरुको तर्क छ ।

एमालेको सभालाई मध्यनगर गर्दै आज बिहानैबाट ट्राफिक प्रहरीले दरवारमार्गमा यातायात आवागमन बन्द गराएको थियो । जसले गर्दा आसपासका सडकहरुमा सवारीको चाप बढेको छ । केशरमहल, जयनेपालहल, महेन्द्र शालिकबाट गाडीहरु डाइभर्सन गरिएको उपत्यका ट्रफिक कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ९एसएपपी० उमाप्रसाद चतुर्वेदीले बताए ।

चतुर्वेदीका अनुसार आज काठमाडौंका १२३ वटा ठाउँमा चेक प्वाइन्ट राखिएको छ । ती चेक प्वाइन्टमा ६४४ जना ट्राफिक प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । ट्राफिक प्रहरी सहित कार्यक्रम स्थल र मुख्य–मुख्य ठाउँमा ३ वटै जिल्ला प्रहरी परिसर तथा प्रहरी बृत्तबाट प्रहरी परिचालन भएका छन् ।

प्रदर्शन दिउसो भए पनि बिहानैदेखि सवारी साधन र मानिसहरुको चहलपहल तथा चाप बढीसकेको प्रवक्ता चर्तुबेदीले नेपाल प्रेससँग बताए ।

उनका अनुसार विशेषगरी काठमाडौं उपत्यकाको रिङरोडमा सवारी साधन र प्रदर्शनकारीको चाप बढीसकेको छ । माइतिघरदेखि दरबारमार्ग प्रस्थान गर्ने मुख्य मुख्य ठाउँमा अहिले सवारी साधनको चाप बढीरहेको एसएसपी चर्तुवेदीले जानकारी गराए ।

एमालेको ¥याली भद्रकालीबाट सुरु भएर सुन्धारा, वीर अस्पताल, घन्टाघर रत्नपार्क हुँदै दरवारमार्गमा पुगेर सभामा परिणत हुने छ । आजै ललितपुरको बालकुमारीमा दुर्गा प्रसाईंको अभियानले पनि प्रदर्शन गर्दै छ ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै