ग्यालेक्सी कलेजका अध्यक्ष भट्ट नेपाल विद्यालय खेलकुद महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

धनगढी । सुदूरपश्चिम प्रदेश कै शैक्षिक धरोहर ग्यालेक्सी माध्यामिक विद्यालय तथा ग्यालेक्सी मल्टिपल कलेजका अध्यक्ष मोहनराज भट्ट नेपाल विद्यालय खेलकुद महासंघको केन्द्रिय सदस्यमा निर्बिरोध निर्वाचित भएका छन् । यहि मंसिर २९ गते काठमाडौंमा सम्पन्न साधारण सभा तथा निर्वाचन बाट भट्ट केन्द्रिय सदस्य पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

विभिन्न सामाजिक कार्यमा सहभागि भट्ट धनगढी जेसिजका पुर्व अध्यक्ष,नेपाल जेसिजका सल्लाहकार,सुदूरपश्चिमाञ्चल क्याम्पसका पुर्व क्याम्पस प्रमुख र नवजीवन सहकारी संस्थाका पुर्व महाप्रबन्धक हुन् ।

काठमाडौंमा सम्पन्न विद्यालय खेलकुद महासंघको साधारण सभाले विनोद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । सभामुख देवराज घिमिरेले उद्घाटन गरेको साधारण सभामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, एनओसी का महासचिव नरेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

साधारण सभामा केन्द्रीय कार्यसमितिका १७, सातै प्रदेशबाट १७ र ५७ जिल्लाबाट ५७ प्रतिनिधिको उपस्थिति रहेको महासंघका महासचिव कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै