जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश

धनगढी। सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको फाइनलमा स्थान बनाएको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो।

पराजित भए पनि जनकपुरका लागि फाइनलमा पुग्ने अर्को अवसर बाँकी छ। जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेताले शनिबार सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ।

जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेट गुमाउँदै १८.३ ओभरमा पूरा गर्‍यो। जनकपुरका ओपनर सइफ जइबले ३२ रन बनाए भने अर्का ओपनर विनोद भण्डारीले नटआउट ५८ रनको शानदार पारी खेले।

भण्डारीले ५५ बलमा ३ चौका र ३ छक्कासहित रन जोडे। दीपेन्द्रसिंह ऐरीले १६ बलमा नटआउट २० रन बनाउँदै टिमलाई जित दिलाए। जइब र भण्डारीले पहिलो विकेटका लागि ७.३ ओभरमा ५६ रनको साझेदारी गरेका थिए। जइब किशोर महतोको बलमा जिमी निशमद्वारा क्याच आउट भए।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै