नवनिर्वाचित पत्रकार महासंघ कैलाली कार्यसमितिलाई प्रमाणपत्र वितरण

धनगढी। पत्रकार महासंघ कैलालीको नवनिर्वाचित कार्यसमितिलाई एक विशेष समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ।

आज कैलाली पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक जगत साउँदले अध्यक्ष श्रवण देउवा नेतृत्वको कार्यसमिति र अन्य परिषद सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरे।

प्रमाणपत्र वितरण गर्दै संयोजक साउँदले नयाँ कार्यसमितिलाई निष्पक्ष पत्रकारितालाई प्राथमिकता दिन आग्रह गरे। उनले पत्रकार आचारसंहिताको पालना गर्दै जनउत्तरदायी पत्रकारिता गर्न प्रेरित गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

मंसिर २८ गते सम्पन्न निर्वाचनबाट श्रवण देउवाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। कार्यसमितिमा उपाध्यक्ष बिराज रोश्यारा, महिला उपाध्यक्ष भावना जोशी, सचिव तेजराज भट्ट, सहसचिव शंकर बोहरा ९खुला० र समावेशी सहसचिव निराजन परियार चयन भएका छन्।

कोषाध्यक्षको रूपमा सुनिल आउजी निर्वाचित भएका छन्। खुला सदस्यहरूमा बालकृष्ण ओझा, कैलाश जोशी, दिनेश बिष्ट, गगन अयडी, रतनलाल चौधरी, वीरेन्द्र शाह, लोकु सिंह ठकुरी, र चन्द्र प्रसाद खनाल विजयी भएका छन्।

अन्य सदस्यहरूमा महिला सदस्य अनिता चौधरी, दलित सदस्य विवेक कुमार नागरी, आदिवासी जनजाति सदस्य सुधराम दहित, अन्य समावेशी सदस्य जगत जैगडी र सदस्य टेकसिंह धामी निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिले निष्पक्षता, पारदर्शिता, र पत्रकार आचारसंहिताको पालना गर्दै क्षेत्रीय पत्रकारिताको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै