सुदूरपश्चिम र कर्णालीमा सोमबार रातिदेखि हल्का वर्षा र हिमपातको सम्भावना

धनगढी । सोमबार रातिदेखि नेपालका पश्चिमी भू-भागमा यस वर्षको दोस्रो हिउँदे वर्षा सुरु हुने भएको छ। यो प्रणाली मंगलबारसम्म सक्रिय रहने र चिसो बढाउने मौसमविदले बताएका छन्।

मौसमविद डा.विनोद पोखरेलका अनुसार सुदूरपश्चिमको तुलनामा कर्णाली प्रदेशमा बढी वर्षा हुने सम्भावना छ। अन्य प्रदेशमा भने छिटपुट वर्षा हुने र बादल मात्र लाग्ने अनुमान गरिएको छ।

हिमाली र पहाडी क्षेत्रमा प्रभाव

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने एक-दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा हल्का वर्षा हुने अपेक्षा गरिएको छ।

तराईमा मौसम सामान्य रहने

तराई क्षेत्र मुख्यतः सफा रहनेछ, यद्यपि केही स्थानमा आंशिक बदली हुने सम्भावना रहेको छ।

यो प्रणाली गत मंसिर २३ र २४ गते पश्चिमी नेपालमा भएको पहिलो हिउँदे वर्षाजस्तै हल्का मात्र हुने अनुमान गरिएको छ। तर, चिसोको प्रभावले दैनिक जनजीवनमा असर पर्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै