सरकार असफल भए अराजकता निम्तिन्छ: डा. शेखर कोइराला

धनगढी। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार असफल भए देशमा अराजकता निम्तिन सक्ने चेतावनी दिएका छन्। आइतबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।

डा. कोइरालाले भने, “यो सरकारलाई असफल हुने छुट छैन। जुन म्याण्डेटका आधारमा सरकार बनेको हो, त्यही अनुसार अघि बढ्नुपर्छ।” संविधान सुधारको आवश्यकता औंल्याउँदै उनले सरकारले तत्काल सबै दलसँग समन्वय र समझदारी गरेर काम अघि बढाउनुपर्नेमा जोड दिए।

“अहिलेसम्म संविधान सुधारबारे छलफल नै नभएकोले अब दवाव दिन जरुरी छ,” कोइरालाले थपे।

नेता कोइरालाले सरकार बनेको पाँच महिना बितिसक्दा पनि ठोस उपलब्धि गर्न नसकेको बताए। “प्रधानमन्त्री स्वयंले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्। अब सुधार गर्दै गति बढाउन जरुरी छ,” उनले भने।

नेपाली कांग्रेस महाधिवेशनका तयारीबारे धारणा राख्दै उनले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै दुरी नभएको दाबी गरे। “देउवा सुदूरपश्चिमकै मात्र होइन, देशकै आदरणीय व्यक्ति हुन्,” कोइरालाले भने। महाधिवेशनका लागि कांग्रेस एकजुट हुँदै अघि बढिरहेको उनले बताए।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै