रेडिकल फुटसल कप सम्पन्न: रेडिकल एकेडेमी च्याम्पियन, अक्सफोर्ड उपविजेता

धनगढी । रेडिकल एकेडेमीद्वारा आयोजित रेडिकल फुटसल कप सम्पन्न भएको छ। धनगढीको फ्ल्याट ल्याण्डमा आयोजित प्रतियोगितामा रेडिकल एकेडेमीले च्याम्पियनको उपाधि जित्न सफल भएको छ भने अक्सफोर्ड स्कुल धनगढी उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

कार्यक्रमको उद्घाटन धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरिले गरेका थिए। उद्घाटनमा उनले बजेट अभावका कारण राज्यले खेलकुद क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको अवस्थामा निजी क्षेत्रबाट यस्ता प्रतियोगिता आयोजना हुनु सकारात्मक रहेको बताए।

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो। उद्घाटन समारोहमा ऐश्वर्य बहुमुखी क्याम्पसका प्राध्यापक रघुविर भट्ट, अक्सफोर्ड स्कुल बोराडाँडीका अध्यक्ष नर बहादुर भण्डारी, नेपाल फुटबल संघ कैलालीका सदस्य हर्क दानपाली, तथा लिटल फ्लावर स्कूलका प्रधानाध्यापक विवेक भट्टलगायतको उपस्थिति थियो।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी अक्सफोर्ड स्कुलका सौगात गौतम चयन भए भने सर्वाधिक गोलकर्ताको उपाधि रेडिकल एकेडेमीका विकास चौधरीले जिते।

रेडिकल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश छेडालले विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद गतिविधि महत्वपूर्ण भएको बताउँदै, अध्ययनमा बाधा नपर्ने गरी विदाको दिनमा नियमित रूपमा अतिरिक्त क्रियाकलाप गरिरहेको जानकारी दिए।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै