तराई र उपत्यकामा हुस्सु लाग्ने सम्भावना, सतर्क रहन आग्रह

धनगढी – नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसले तराईका धेरै स्थान र उपत्यकाको केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने तराईका धेरैजसो स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने भएकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने महाशाखाको चेतावनी छ। महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै