
धनगढी । सुदूरपश्चिमकी चर्चित मोडल तथा पेशाले स्टाफ नर्स अनु खड्काले धनगढीमा ‘एके डान्स एन्ड जुम्बा क्लब’ सञ्चालनमा ल्याएकी छन्। धनगढी उपमहानगरपालिका–५ को जाईस्थित पिपल चौतारामा खुलेको क्लबको उद्घाटन खड्काका बुवा डम्बरबहादुर खड्काले औपचारिक कार्यक्रमकाबीच रिवन काटेर गरेका हुन्।
क्लबमा विभिन्न नृत्य सिकाइने र जुम्बाका कक्षाहरु पनि सञ्चालन गरिने सञ्चालक खड्काले जानकारी दिइन्। उद्घाटन कार्यक्रममा गायक, कलाकार, पत्रकार, लेखकलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
मोडल खड्काले लामो समयदेखि म्युजिक भिडियोमा अभिनय गर्दै आएको र आफैले सिकेको क्षेत्रमा नयाँ कामको थालनी गर्ने उद्देश्यले क्लब सञ्चालनमा ल्याएको बताइन्।
सुलभ मूल्यमा डान्स तथा जुम्बा कक्षाको सुविधा उपलब्ध गराउँदै क्लबले स्थानीय प्रतिभा विकासमा योगदान पुर्याउने खड्काको विश्वास छ।