धनगढी उपमहानगरले द्वारिका देवी ठकुरानी र डा. केआई सिंहको सालिक निर्माण गर्ने

धनगढी । धनगढी उपमहानगरपालिकाले नेपालकी प्रथम महिलामन्त्री द्वारिका देवी ठकुरानी र सुदूरपश्चिमका पूर्वप्रधानमन्त्री तथा समाजसेवी डा. केआई सिंहको सालिक निर्माण गर्ने निर्णय गरेको छ।

मेयर गोपाल हमालकाे सचिवालयका अनुसार आगामी वर्षहरूमा सुदूरपश्चिमका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने अन्य महान व्यक्तित्वहरूको सालिक पनि निर्माण गरिनेछ।

हाल उपमहानगरपालिकाले सुदूरपश्चिमको पहिचान बढाउन विभिन्न ठाउँमा ती व्यक्तित्वहरूको तस्वीर राख्ने कार्य गरिरहेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै