एलाइन्स इन्टरनेसनल मोडेल स्कुलमा वार्षिक खेलकुद सप्ताह सुरु

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २, बयाबेहडीमा रहेको एलाइन्स इन्टरनेसनल मोडेल स्कुलले माघ ६ गतेदेखि वार्षिक खेलकुद सप्ताह सुरु गरेको छ। “स्वस्थ विद्यार्थी, स्वस्थ जीवन; स्वस्थ जीवनका लागि खेलकुद” भन्ने नारासहित आयोजित यस कार्यक्रम शिशु कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरूको सहभागितामा भइरहेको छ।

विद्यालयका प्रधानाध्यापक मनोज मन्तका अनुसार सप्ताहभर विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले इन्डोर र आउटडोर खेलहरू आयोजना गरिएका छन्।

इन्डोर विधातर्फ हाजिरीजवाफ, म्युजिकल चेयर, वक्तृत्वकला, तथा विभिन्न प्रकारका रेसहरू समावेश छन्। यी खेलहरूले विद्यार्थीहरूको बौद्धिक क्षमतालाई थप प्रखर बनाउने लक्ष्य रा

खिएको छ।आउटडोर खेलतर्फ क्रिकेट, फुटबल, ब्याडमिन्टन, टेनिस, कबड्डी, हाइजम्प, सटपुट, तथा रेसिङ खेलहरू सञ्चालन गरिने छन्। यी गतिविधिले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती र खेलकुदप्रतिको रुचिलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

विद्यालयको यो प्रयासले विद्यार्थीहरूमा सकारात्मक सोच, टिमवर्क, र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै