सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा प्रतिष्ठान संशोधन विधेयक पेस, अब कुलपति प्राज्ञ व्यक्ति हुने

धनगढी – सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन आजको बैठकमा पेस गरिएको छ।

समाजिक विकास समितिका ज्येष्ठ सदस्य शिवराज भट्टले उक्त प्रतिवेदन पेस गरेका हुन्। संशोधित विधेयकमा प्रतिष्ठानको प्राज्ञसभाको सदस्य सङ्ख्या बढाउनुका साथै प्रतिष्ठानको कुलपति र उपकुलपतिमा प्राज्ञ व्यक्तिलाई नियुक्त गर्ने नयाँ व्यवस्था गरिएको छ।

यसअघि मुख्यमन्त्री र सामाजिक विकासमन्त्री क्रमशः कुलपति र सहकुलपति हुने व्यवस्था रहेकोमा संशोधित विधेयकले मुख्यमन्त्रीलाई प्रमुख संरक्षक र सामाजिक विकासमन्त्रीलाई संरक्षकको भूमिकामा रहने प्रावधान राखेको छ।

बैठकमा सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले ‘सार्वजनिक लेखा समितिको दोस्रो प्रतिवेदन २०८१’ पेस गरेका थिए।

सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य नरेशकुमार शाहीले पुस महिनामा गएको भूकम्पका कारण बाजुरा लगायतका जिल्लामा प्रभावित परिवारलाई तत्काल राहत सहयोग उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराएका थिए।

4o

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै