धनगढीमा माघ ३० गते प्राध्यापक डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन गरिने

धनगढी । प्राध्यापक डा. हेमराज पन्तलाई धनगढी उपमहानगरपालिकाले माघ ३० गते नागरिक अभिनन्दन गर्ने भएको छ। शिक्षा क्षेत्रमा पन्तले पु¥याएको योगदानको कदर गर्दै नगर प्रमुख गोपाल हमालको संयोजकत्वमा १५१ सदस्यीय समिति गठन गरिएको छ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख हमालले अभिनन्दन कार्यक्रम चौराहादेखि पार्कमोडसम्मको र्‍यालीसहित पार्कमोडमा गर्ने जानकारी दिए। पन्तले २०३७ सालदेखि कैलालीमा अध्यापन गराउँदै सुदूरपश्चिमको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएका छन्।

पन्तले २०३७ साल माघ १ गतेबाट कैलाली क्याम्पसमा अध्यापन सुरु गरेका थिए। उनले मासिक १ हजार रुपैयाँमा आइकमका विद्यार्थीलाई पढाउन सुरु गरेका थिए। २०३८ सालमा कैलाली क्याम्पसको नाम परिवर्तन गरी कैलाली बहुमुखी क्याम्पस बनाइएको थियो। पन्तले २०४५ सालमा क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका थिए र २०६६ सालसम्म सेवा गरेका थिए।

सुदूरपश्चिमको शिक्षा क्षेत्रका आधारस्तम्भका रूपमा परिचित पन्तको नेतृत्वमा हजारौँ विद्यार्थीले जीवनोपयोगी सिप, शैक्षिक योग्यता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्ने क्षमता हासिल गरेका छन्।

डा. पन्तको प्रारम्भिक शिक्षा डडेल्धुरामा भएको हो। २०२८ सालमा एसएलसी उत्तीर्ण गरेका उनले त्रिचन्द्र कलेजबाट आइकम, शंकरदेव क्याम्पसबाट विकम, र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका थिए।

उनी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रारका रूपमा पनि चार वर्ष कार्यरत रहे। २०७४ सालमा सेवानिवृत्त भएका पन्त अहिले पनि शिक्षा क्षेत्रमै क्रियाशील छन्। नगरप्रमुख हमालले शिक्षा क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै पन्तलाई नागरिक अभिनन्दन गर्न लागिएको बताए।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै