
धनगढी – धनगढीको त्रिनगर माविमा नवनिर्मित सरस्वती मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ।
धनगढी उपमहानगरपालिका १ मा रहेको त्रिनगर माध्यमिक विद्यालयमा धार्मिक परम्परा अनुसार सोमबारका दिन सरस्वती मन्दिरको प्राण प्रतिष्ठा गरिएको हो।
उक्त सरस्वती मन्दिर त्रिनगर मावि धनगढीका शिक्षक अभिभावक सङ्घका अध्यक्ष कमलराज पन्त र उनका दाई कृष्णराज पन्त र धर्मराज पन्तले आफ्ना स्वर्गीय बुबा खगराज पन्तको स्मृतिमा तीनैजना भाइको संयुक्त लगानीमा त्रिनगर माविको विद्यालय परिसरमा सरस्वती मन्दिरको निर्माण गरिएको विद्यालयका शिक्षक तीर्थराज पाण्डेयले बताएका छन्।
यसैगरी विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले भने, “यस्तो पवित्र कार्यका लागि तीनैजना दाता महानुभावहरू र उहाँहरूकी ममतामयी आमा लक्ष्मीदेवी पन्त प्रति विद्यालय परिवारको तर्फबाट सम्मान व्यक्त गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौं।”