स्वास्थ प्रवर्द्वन तथा शिक्षा संघको केन्द्रीय अध्यक्षमा कैलालीका खड्का सर्वसम्मत

धनगढी । स्वास्थ्य प्रवर्द्वन तथा शिक्षा संघ नेपालको केन्द्रीय अध्यक्षमा कैलालीका हेमराज खड्का सर्वसम्मत चयन भएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न भएको संघको सातौँ साधारण सभाले खड्काको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

वरिष्ठ स्वास्थ शिक्षा अधिकृत रहेका खड्का प्रादेशिक स्वास्थ प्रवर्द्वन केन्द्रका प्रमुख समेत हुन् भने उनी प्रदेशको सामाजिक विकास मन्त्रालयमा पनि कार्यरत छन ।

यस्तै, संघको उपाध्यक्षमा विनोद कुमार अर्याल,महासचिवमा कुञ्जप्रसद जोशी, सचिवमा रामकुमार श्रेष्ठ, कोषाध्यक्षमा थलिन्द्र प्रसाद पंगेनी पनि सर्वसम्मत चयन भएका छन् ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै