चैतन्य पाठशालाद्वारा राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान

धनगढी । चैतन्य पाठशालाले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल पाँच जना राष्ट्रिय क्रिकेट खेलाडीलाई विशेष सम्मान गरेको छ।

एक विशेष समारोहमा क्रिकेटर कुशल भुर्तेल, लोकेश बम, ललित राजवंशी, विनोद भण्डारी, र सन्दीप जोरालाई सम्मान पत्रसहित जनही रु. १०,००० प्रदान गरिएको थियो।

कार्यक्रममा क्रिकेटर कुशल भुर्तेलले सफलता प्राप्तिका लागि अनुशासन र इच्छाशक्तिको महत्त्वबारे विद्यार्थीहरूसँग अनुभव साटे। लोकेश बमले विद्यालयबाट पनि भविष्यमा उत्कृष्ट खेलाडी जन्मिने विश्वास व्यक्त गरे। सम्मानले थप हौसला मिलेको भन्दै खेलाडी समूहले चैतन्य पाठशालालाई धन्यवाद दिए।

विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले विद्यार्थीलाई किताबी ज्ञानसँगै रुचिअनुसारको क्षेत्रमा अगाडि बढाउनुपर्ने बताए। प्रधानाध्यापक कटक ब. सिंहले चैतन्य स्पोर्ट्स एकेडेमीमार्फत खेल क्षेत्रका प्रतिभा उजागर गर्ने लक्ष्य रहेको उल्लेख गरे।

नेपाली क्रिकेटप्रेमी विद्यार्थीहरू आफ्ना प्रिय खेलाडीहरूसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा अत्यन्त उत्साहित देखिएका थिए।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै