सुदूरपश्चिममा संसदीय समिति सभापति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्दै

धनगढी – सुदूरपश्चिम प्रदेश सभाका रिक्त विषयगत समिति सभापति चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ। यसअघि दुईपटक स्थगित भएको निर्वाचन प्रक्रिया प्रदेश सभा सचिवालयको नयाँ कार्यतालिका अनुसार अघि बढ्न लागेको हो।

निर्वाचन कार्यतालिकाअनुसार शनिबार मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारी दर्ता गरिनेछ। आइतबार उम्मेदवारविरुद्ध दाबी विरोध, अन्तिम नामावली प्रकाशन तथा सम्बन्धित समितिहरूको बैठक बसेर सभापति चयन प्रक्रिया टुंगो लगाइनेछ।

हाल सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति र विशेषाधिकार समिति रिक्त छन्। पुस ११ गते सत्ता साझेदार दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच भागबन्डा तय भएको थियो। सोही भागबन्डाअनुसार कांग्रेस, एमाले, नागरिक उन्मुक्ति र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले क्रमशः विशेषाधिकार समिति, सामाजिक विकास समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिको सभापति पाउने सहमति भएको छ।

प्रदेश सभा सचिवालयले निर्वाचन प्रक्रिया तोकिएको समयमा सम्पन्न गर्ने जनाएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै