प्रदेश नीति तथा योजना आयोगमा दुई नयाँ सदस्य नियुक्त, सुनार र कुँवरले लिए शपथ

धनगढी । प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिममा दुई नयाँ सदस्य नियुक्त भएका छन्। नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र नेकपा एमाले सुदूरपश्चिम सचिवालय सदस्य कर्ण कुँवरलाई प्रदेश मन्त्रिपरिषद्ले नियुक्त गरेको हो।

सुनार धनगढी, कैलालीका निवासी हुन् भने कुँवर बैतडीको पुर्चौडीका हुन्। यसअघि आयोगमा उपाध्यक्ष डा. जीवन राना, सदस्य डा. हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भएका थिए।

नवनियुक्त सदस्यहरुलाई आज एक समारोहबीच मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा आयोगकी उपाध्यक्ष डा. रानाले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै