चैतन्य एकेडेमीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नयाँ बानेश्वर, शंखमूल – ‘रक्तदान, जीवनदान: मानवसेवाको लागि चैतन्य अभियान’ भन्ने मूल नाराका साथ चैतन्य एकेडेमीले आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा आफ्नो ११औं स्थापना दिवसको अवसरमा पहिलो पटक आयोजना गरिएको यो रक्तदान कार्यक्रममा विद्यार्थी, कर्मचारी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

चैतन्य एकेडेमीका विद्यार्थीहरूले मात्र होइन, कर्मचारीहरूले समेत रक्तदान गरी मानवसेवामा उदाहरणीय योगदान गरेका छन्। विशेष गरी, बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिहरूमा रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको एकेडेमीले जनाएको छ।

कार्यक्रममा सहभागी अधिकांश विद्यार्थीहरूले पहिलो पटक रक्तदान गरेको अनुभव साटासाट गर्दै भविष्यमा पनि नियमित रुपमा रक्तदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनीहरूले यस्तो पुण्य कार्यमा सबै युवाहरूलाई अग्रसर हुन आग्रह समेत गरे।

चैतन्य एकेडेमीले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रमहरू गर्दै आएको छ। समाजप्रति जिम्मेवारी बहन गर्दै मानवसेवामा निरन्तर योगदान दिने उद्देश्यका साथ एकेडेमीले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू अझ विस्तार गर्ने योजना बनाएको छ।

यस प्रकारको उदाहरणीय कार्यले समाजमा सकारात्मक सन्देश फैलाउनुका साथै युवा पुस्तालाई मानवसेवामा प्रेरित गर्ने विश्वास एकेडेमीले व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै