
धनगढी – कैलालीको सैपाल ग्याँसका ग्राहकहरू अब नवजीवन हस्पिटल, धनगढीमा २५ प्रतिशत छुट पाउने भएका छन्। नवजीवन हस्पिटल र सैपाल ग्याँस प्रालिबीच भएको सम्झौताअनुसार, सैपाल ग्याँसको ग्राहक कार्ड भएकाले नियमित ओपीडी सेवामा २५ प्रतिशत छुट प्राप्त गर्नेछन्।
साथै, शल्यक्रिया, शय्या, सघन उपचार कक्ष (ICU), प्रयोगशाला तथा एक्सरे सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ। यस सहकार्यले सैपाल ग्याँसका ग्राहकहरूलाई उपचारमा आर्थिक राहत प्रदान गर्ने र स्वास्थ्य सेवामा पहुँच सहज बनाउने विश्वास गरिएको छ।