सुदूरपश्चिम प्रदेशसभाका विषयगत समिति सभापतिहरूले लिए सपथ

धनगढी – सुदूरपश्चिम प्रदेशसभाका चार विषयगत समिति सभापतिहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। शनिबार निर्बिरोध निर्वाचित भएका सभापतिहरूले आइतबार सपथ लिएका हुन्।

सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावल, सामाजिक विकास समितिमा नेकपा (एमाले) का धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, र विशेषाधिकार समितिमा नेपाली कांग्रेसका तुल्सी देवकोटा चयन भएका छन्।

गत पुस ११ गते सत्ता साझेदार दलहरूबीच भएको सहमतिअनुसार विषयगत समिति सभापतिहरू चयन भएका हुन्। यसअघि, विभिन्न समितिका सभापति मन्त्री बनेपछि ती समिति ज्येष्ठ सदस्यको भरमा सञ्चालन भइरहेका थिए। अब नयाँ नेतृत्वले समितिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै