धनगढीका चार विद्यालयमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन हुने

धनगढी । धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघबीच ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ।

धनगढी उपमहानगरपालिका क्षेत्रका चार सामुदायिक विद्यालयहरू— बेहडाबाबा माध्यमिक विद्यालय (धनगढी–१६), दक्षिणकाली बहिरा आवासीय विद्यालय (धनगढी–११), राष्ट्रिय माध्यमिक विद्यालय उर्मी (धनगढी–१५) र पटेला खेल मैदान (धनगढी–७) मा यो कार्यक्रम सञ्चालन हुनेछ।

धनगढी उपमहानगरपालिकाले फुटबल मैदान निर्माण गर्दै प्राविधिक तथा आर्थिक सहयोग गर्नेछ भने कैलाली जिल्ला फुटबल संघले खेल सामग्री, खेलाडी र प्रशिक्षकको व्यवस्थापन गर्नेछ।

विद्यालय स्तरबाटै नयाँ फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित ‘ग्रासरुट फुटबल’ कार्यक्रम ल्याइएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। गत वर्ष ‘ग्रासरुट क्रिकेट’ सुरु गरेको उपमहानगरपालिकाले यस वर्ष फुटबलमा ध्यान केन्द्रित गरेको हो।

युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक केशव खत्रीका अनुसार यस वर्ष फुटबल कार्यक्रम ती वडाहरूमा सञ्चालन हुनेछ, जहाँ अन्य खेलकुद गतिविधिहरू (जस्तै, क्रिकेट र ब्याडमिन्टन) हाल सञ्चालनमा छैनन्। आगामी दिनमा कार्यक्रम विस्तार गर्ने योजना रहेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै